विन्ध्येश्वरी आदर्शमा शुक्रबारीय विविध कार्यक्रम

पाेखरा | जेठ ९, २०८२

विन्ध्येश्वरी आदर्शमा शुक्रबारीय विविध कार्यक्रम

पाेखरा:    ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित सञ्चालनमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय विविध कार्यक्रम सम्पन्न भएको छ ।

 

स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कलर सेलिब्रेशन तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो । 
  

 

 कलर सेलिब्रेशन कार्यक्रममा पूर्व प्राथमिक तहमा कक्षा नर्सरीदेखि कक्षा एकसम्मका विद्यार्थीहरु रङ चिनाउने उद्देश्यले रातो रङको प्रर्दशन गरिएको थियो । 

 

उक्त कक्षाका विद्यार्थीहरु तथा शिक्षकहरु रातो पोशाक लगाउनको साथै  विभिन्न रातो रङको शैक्षिक सामाग्री प्रर्दशन गरिएको थियो ।

 

 

यसैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा रातो (कोशी) सदन प्रथम र पहेँलो (वागमती) सदन द्वितीय भए । 

 

विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो । भने, सो कार्यक्रमको सञ्चालन प्रावि तहकी नेपाली शिक्षिका शर्मिला शर्माले गरेकी थिइन् ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्